दफा ३४
असूल उपर गर्ने
यस ऐन बमोजिम खानेपानी सेवा तथा सरसफाइ सेवा उपयोग गरे बापतको महसुल तथा जरिबानाको रकम नबुझाउने उपभोक्ताबाट अनुमतिपत्र प्राप्त संस्थाले त्यस्तो रकम प्रचलित कानून बमोजिम असुल उपर गर्न सक्नेछ।